काठमाडौँ। प्रतिनिधिसभाको मंगलबारको बैठक बस्दै नबसी स्थगित भएको छ ।
प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी बुधबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सूचना टाँस गरी दिउसो दुई बजेका लागि सारिएको थियो । तर दिउँसो पनि बैठक बस्ने सक्ने अवस्था नरहेपछि सूचना टाँस गरी बुधबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन र गृहमन्त्रीको राजीनामा माग राख्दै यसअघिका बैठकमा बिपक्षी दलले अवरोध गरेका थिए ।
संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले प्रतिपक्ष दल र सत्तापक्षीय दलका प्रमुख र मुख्य सचेतकहरूसँग संयुक्त र छुट्टाछुट्टै छलफल गर्नुभएको थियो, तर कुनै सहमति हुन नसकेपछि मंगलबार पनि प्रतिनिधिसभा बैठक प्रभावित भएको हो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच