प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित

प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित

अर्थ चौतारी

प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाइ ...

A A- A+

काठमाडौं । प्रस्तावित १७ देशका राजदूतबारे निर्णय गर्न डाकिएको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि समितिको बैठक डाकिएको थियो तर, अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

गत महिना सरकारले भारत र चीनसहित विभिन्न १७ देशका लागि नयाँ राजदूत सिफारिस गरेको थियो । सरकारले गएको साउन १४ गते एकसाथ १८ देशका निम्ति राजदूतमा विभिन्न व्यक्तिका नाम सिफारिस गरेको थियो । तीमध्ये एक जनाको नाम सरकारले फिर्ता लिएको थियो । सुनुवाइका निम्ति १७ जनाको नाम पठाइएको थियो ।

सरकारले चीनका लागि प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कका निम्ति सुम्निमा तुलाधर, जर्मनीका लागि डा. शैल रुपाखेती, भारतका निम्ति डा. शंकर शर्मा, इजरायलका लागि प्रा. धनप्रसाद पण्डित, मलेसियाका निम्ति डा. नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका निम्ति प्रकाशमणि पौडेललाई सिफारिस गरेको थियो । त्यस्तै, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका निम्ति जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका निम्ति प्रा. डा. कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, स्पेनका निम्ति सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका निम्ति चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?