धरानका मेयर हर्क साम्पाङलाई झड्का, बढाएको खानेपानी शुल्क कार्यान्वयन नगर्न आयोगको पत्र

धरानका मेयर हर्क साम्पाङलाई झड्का, बढाएको खानेपानी शुल्क कार्यान्वयन नगर्न आयोगको पत्र

अर्थ चौतारी

धरानका मेयर हर्क साम्पाङलाई झड्का, बढाएको खानेपानी शुल्क कार्यान्वयन ...

A A- A+

विराटनगर । खानेपानी सरसफाइ सेवा महसुल निर्धारण आयोगले धरानमा वृद्धि गरिएको खानेपानीको शुल्क र महसुल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । खानेपानी व्यवस्थापन बोर्ड धरानले गरेको महसुल वृद्धिसम्बन्धी निर्णय कार्यान्वयन नगर्न आयोगले निर्देशन दिएको हो ।

आयोगले कानूनविपरीत धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको भन्दै बोर्डको महसुल वृद्धि गर्ने अधिकार प्रचलित कानूनसम्मत नभएको ठहरसमेत गरेको छ ।

आयोगको पत्रमा भनिएको छ, ‘खानेपानी तथा सरसफाइ ऐन २०७९ को परिच्छेद ६ (२८) को उपदफा ३२ अनुसार यस आयोगमा प्रस्ताव गरी आयोगले निर्णय गरेबमोजिमको महसुल ऐनको दफा ३३ बमोजिम सेवा शुल्कमात्र सेवा प्रदायक संस्थाले लिने कानूनी व्यवस्था छ ।’

आयोगका अध्यक्ष रुद्रप्रसाद गौतमले हस्ताक्षर गरेको पत्रमा खानेपानी व्यवस्थापन बोर्ड धरानले शुल्क र महसुल वृद्धि गर्दाको निर्णय ३ दिनभित्र उपलब्ध गराउन बोर्डलाई निर्देशन दिएको छ । धरानमा खानेपानीको शुल्क र महसुल वृद्धि भएपछि बोर्डको कार्यालयमा तालाबन्दी गरिएको छ ।

धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष तथा धरान उपमहानगरका मेयर हर्क साम्पाङले साउन १ गतेबाट लागू हुने गरी खानेपानीको धारा जडान, नामसारी र महसुल वृद्धि गरेका थिए ।

उनले गरेको निर्णयको विरोधमा धरानका राजनीतिक दल आन्दोलनमा छन् । यस्तै उपमेयर आइन्द्रविक्रम बेघालगायतका धरानका जनप्रतिनिधिले समेत तत्काल खानेपानीमा वृद्धि गरिएको शुल्क र महसुल कार्यान्वयनमा नलान माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?