शारीरिक सुगठन प्रतियोगिताका विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहको बधाई

शारीरिक सुगठन प्रतियोगिताका विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहको बधाई

अर्थ चौतारी

शारीरिक सुगठन प्रतियोगिताका विजेता खेलाडीलाई कार्यवाहक प्रधानमन्त्री सिंहको बधाई

A A- A+

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले १५औँ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

भुटानको थिम्पुमा गत जुन ११ देखि १५ सम्म सम्पन्न प्रतिस्पर्धामा नेपालले विभिन्न समूहतर्फ  उपाधि जितेको थियो । कार्यवाहक प्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयमा आज विजेता खेलाडीहरूलाई सम्मानसहित बधाई ज्ञापन गरेका हुन् ।

कार्यवाहक प्रधानमन्त्री सिंहले अन्तर्राष्ट्रिय जगतमा उत्कृष्ट प्रदर्शन गर्दै नाम राख्न सफल भएको भन्दै खेलाडीहरूको प्रशंसा गरे ।

प्रतियोगितामा ५५ केजी तौल समूहमा नेपालका शरद सुवालले रजत पदक जितेका छन् भने महिला एथलेटिक्स फिजिक समूहमा उर्मिला श्रेष्ठले स्वर्ण, शीला ठकुरीले रजत पदक जितेका छन् । उक्त समूहमा भारतकी सारा कांस्य पदक विजेता बनेकी छिन् ।

त्यसैगरी, पुरुष स्पोर्ट्स फिजिक १७५  मुनिको समूहमा नेपालका अवतार श्रेष्ठले रजत पदक जितेका छन् । पुरुष स्पोर्ट्स फिजिक १७५ माथिको समूहमा प्रतिस्पर्धा गरेका नेपालका प्रनिश श्रेष्ठले पाँचौँ स्थान हासिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?