शारदा नदीले पुल बगाउँदा नेपाल–भारत जोड्ने राजमार्ग अवरुद्ध, खाद्य तथा इन्धन आपूर्तिमा समस्या

शारदा नदीले पुल बगाउँदा नेपाल–भारत जोड्ने राजमार्ग अवरुद्ध, खाद्य तथा इन्धन आपूर्तिमा समस्या

अर्थ चौतारी

शारदा नदीले पुल बगाउँदा नेपाल–भारत जोड्ने राजमार्ग अवरुद्ध, खाद्य ...

A A- A+

धनगढी । शारदा नदीले पलियास्थित पुलको उत्तरतिरको सडक बगाउँदा यातायात सञ्चालनमा समस्या भएको छ । बाढीले सडक बगाउँदा यातायात सेवाका साथै सर्वसाधारण यात्रु समस्यामा परेका छन् । गत साता आएको अविरल वर्षाका कारण नेपाल–भारत जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग बगाएपछि एक सातादेखि पलिया गौरीफन्टा सीमानाकाबाट आवतजावत बन्द भएको छ ।

गौरीफन्टा नाका भएर भारतबाट आउने नेपाली टीकापुरको खक्रोला र नेपालगन्जको रुपैडिया नाका हुँदै नेपाल भित्रिन बाध्य भएका छन् । राजमार्ग अवरुद्ध बने पनि खाद्य तथा इन्धनलगायतका उपभोग्य सामग्री आपूर्तिमा समस्या भएको छ । नेपाल जोड्ने मुख्य राजमार्ग बगाएपछि लामो ताथा छोटो दुरीका सवारीसाधन चल्न सकेको छैन । त्यसको प्रत्यक्ष असर सीमा क्षेत्रका नेपाली बजारमा परेको छ । गौरीफन्टा नाका भएर भित्रिने सामानको अभाव भएको छ भने खाद्यान्नलगायतको मूल्य आकासिएको छ ।

एक सातादेखि खाद्यान्नलगायत पेट्रोलियम पदार्थ ढुवानी हुन सकेको छैन । भारतीय सीमा बजार वनगवाँमा समेत खाद्यान्नलगायत सामानको अभाव देखिएको छ । सो बजारमा नेपालीले दैनिक करोडसम्मको कारोबार गर्दैै आएको वनगवाँका व्यावसायी गुड्डुसिंह गुप्ताले बताए । स्थानीय व्यापारीका अनुसार, चिनीको मूल्य बढेर ६० बाट ८० सम्म पुगेको छ अन्य सामानको पनि मूल्य बढेको छ । सुदूरपश्चिम प्रदेशका लागि भारतको बन्थरा डिपोबाट गौरीफन्टा हुँदै धनगढीको डिपोमा इन्धन आयात हुने गरेको छ । नेपाल आयल निगमले भारतको बन्थरा डिपोबाट इन्धन ल्याउन सकेको छैन ।

नेपाल आयल निगम धनगढी शाखाका प्रमुख हरिदत्त जोशीले गत आइतबारदेखि इन्धनको आपूर्ति बन्द भएको जानकारी दिए । “सडकका कारण ढुवानीमा समस्या भएकाले नेपालगन्जबाट ल्याउँदै छौ । आइतबारको वर्षाले क्षति पुगेको सडक मर्मत हुन सकेको छैन ।” पानीको सतह नघटेका कारण सडक मर्मतमा समस्या भएको भारतीय पक्षले जनाएको छ । “इन्धन आपूर्तिको रुट परिवतर्नका लागि केन्द्रको निर्णय चाहिन्छ । ढुवानी भाडामा फरक पर्छ,” जोशीले भने ,

बन्थरा डिपोबाट इन्धनको आपूर्ति गर्न समस्या भएपछि आयल निगमले नेपालगन्जबाट इन्धन ढुवानी थालेको छ । एक साता बित्दा पनि भारत सरकारले सडक मर्मतमा चासो नदिएको भनाइ भारतीय व्यापारीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?