काठमाडौँ। कृषिमन्त्री रामनाथ अधिकारीले रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशिल रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई उपलब्ध बजेटको सीमाभित्र रही अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मलको आयात गरी कृषकलाई अनुदानमा मल उपलब्ध गराउन क्रियाशील रहेको बताएका हुन्।
चालु आर्थिक वर्षको लागि मन्त्रालयलाई प्राप्त भएको बजेटबाट हालसम्म ३ लाख ८१ हजार टन मल आयात गरिसकिएको र ४ लाख २४ हजार टन बिक्री गरि सकिएको उनले जानकारी दिए। यसको अलावा ५२ हजार टन यूरिया र ३० हजार टन डिएपी कलकत्ता बन्दरगाह भर्खरै आइसकेको आइपुगेको अवस्था रहेको उनले बताए ।
मन्त्री अधिकारीले जारी धान रोपाइँ सिजनका लागी मलको अभाव नहोस् भनेर मन्त्रालयले मन्त्रालयले आवश्यक व्यवस्था गरेको बताए। हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको देशभरमा रहेका डिपोहरुमा करिब ९५ हजार टन मल मौज्दात रहेको र स्थानीय तहको सिफारिसको आधारमा मल विक्रेता सहकारी संस्थाहरुलाई उपलव्ध गराइरहेको उनको भनाइ छ ।
मन्त्री अधिकारीले मलको वितरण व्यवस्था प्रभावकारी बनाउनमा प्रदेश सरकार र स्थानीय तहको अहम भुमिका रहेकोले मलको अत्यधिक माग हुने यस सिजनमा गैरकानुनी एवं अनाधिकृत रुपमा मलको कारोबार एवं विक्री वितरण गरि कालोबजारी गर्ने कामलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए । मल वितरण कार्यलाई सहज पारदर्शी र प्रभावकारी बनाउने दिशामा आवश्यक सहयोग तथा सहजीकरण गर्न समेत उनले अपिल गरे ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच