माधवजी अर्को गठबन्धनमा जाने सम्भावना छैनः प्रचण्ड

माधवजी अर्को गठबन्धनमा जाने सम्भावना छैनः प्रचण्ड

अर्थ चौतारी

माधवजी अर्को गठबन्धनमा जाने सम्भावना छैनः प्रचण्ड

A A- A+

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान गठबन्धन बाहिर नजाने जिकिर गरेका छन् । उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाल बुधबार विपक्षी दलहरूको बैठकमा सहभागी भएको बारे सञ्चारकर्मीको जिज्ञासामा विहीबार बिहान प्रचण्डले भने, ‘माधवजीको त्यस्तो हुने संभावना छैन ।’माधव नेपाल असन्तुष्ट रहेका कारण गठबन्धन छाड्न सक्ने चर्चाका बीच बिहीबार बिहान प्रचण्डलाई भेट्न झलनाथ खनाल बालुवाटार पुगेका थिए । प्रचण्डले विहीबार बिहान मात्रै माधव नेपालसँग यस बारे कुराकानी भएको उल्लेख गर्दै नेपाल गठबन्धन बाहिर नजाने बताएका हुन्। ‘उहाँ अलि पहिलेदेखि नै उतापनि यतापनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो’ प्रचण्डले भने, ‘तर, आज बिहान मात्र मेरो कुरा हुँदा माधवजीले यो समीकरणभन्दा बाहिर छैन र हुन्न भनेर क्लियर गर्नुभएको छ ।’प्रधानमन्त्री प्रचण्डले माधव नेपाल वर्तमान सत्ता समीकरण बाहिर गएर पनि अर्काे गठबन्धन बन्ने सम्भावना नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?