काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राजतन्त्र पुनर्स्थापनाको मागप्रति कटाक्ष गर्दै पशुपतिशमशेर जबरालाई ‘श्री ३’ बनाउने सुझाव दिएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रिजालले राप्रपा यदि राजसंस्था फर्काउने अभियानमा हो भने त्यसले आफ्नै सांसद तथा पूर्वअध्यक्ष पशुपतिशमशेर जंगबहादुर राणालाई ‘श्री ३’ को उपाधिसहित न्याय गर्नुपर्ने बताएका हुन्। “ज्ञानेन्द्रको नाती हृदयन्द्रलाई श्री ५ बनाएर फर्काउने भए मोहनशमशेरको नाती पशुपतिशमशेरलाई पनि श्री ३ फर्काउनुपर्यो,” रिजालले भने ।
उनले त्रिभुवन शाह र मोहनशमशेर राणा बीच भएको सम्झौता स्मरण गराउँदै त्यसै सम्झौताबाट नेपालमा श्री ३ प्रणाली (राणा शासन) अन्त्य भएको र २०६५ साल जेठ १५ गते संविधानसभाबाट औपचारिक रूपमा श्री ५ को अन्त्य गरिएको बताएका थिए।
“अहिले आएर जनताको प्रतिनिधिले विदा गरेको श्री ५ फर्कन्छ भने सम्झौताका आधारमा विदा गरिएको श्री ३ किन फर्किँदैन?” उनले व्यंग्य गर्दै प्रश्न गरेका छन् ।
रिजालको यो अभिव्यक्तिले प्रतिनिधिसभामा हल्का हास्यपूर्ण तर गम्भीर राजनीतिक सन्देश दिएको थियो। राजतन्त्र पुनर्स्थापना सम्बन्धी बहस पुनः चर्किँदै गएको सन्दर्भमा उनको यो टिप्पणीले थप तरंग सिर्जना गरेको छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच