एलओसीमा गोली हानाहान, पहलगाम हत्याकाण्डपछि भारत–पाकिस्तान तनाव उत्कर्षमा

Indian Border Security Force (BSF) soldiers stand guard at the India-Pakistan Wagah border post on the outskirts of Amritsar on April 24, 2025. At least 26 people were killed April 22 in Indian-administered Kashmir when gunmen opened fire on tourists, security sources told AFP, in the insurgency-hit region's deadliest attack on civilians since 2000. (Photo by Narinder NANU / AFP)

एलओसीमा गोली हानाहान, पहलगाम हत्याकाण्डपछि भारत–पाकिस्तान तनाव उत्कर्षमा

अर्थ चौतारी

एलओसीमा गोली हानाहान, पहलगाम हत्याकाण्डपछि भारत–पाकिस्तान तनाव उत्कर्षमा

A A- A+

काठमाडौं । भारत र पाकिस्तानबीचको सीमा क्षेत्र लाइन अफ कन्ट्रोल (एलओसी) मा बिहीबार राति गोली हानाहान भएको छ। भारतीय सञ्चार संस्था एनडिटिभी का अनुसार यो गोली हानाहान पहलगाम हमलापछि उत्पन्न चर्किएको तनावकै परिणामस्वरूप भएको हो।

भारतीय सैनिक स्रोतले एनडिटिभीलाई दिएको जानकारी अनुसार, ‘एलओसी क्षेत्रमा केही फायरिङ भएको थियो। यो फायरिङको जबाफी हो।’ भारतीय पक्षको दाबी अनुसार, पाकिस्तानी सेनाले पहिलो गोली चलाएको थियो।

भारतको जम्मू-कश्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध थप चिसिएको हो। गत मंगलबार पहलगामको पर्यटकीय क्षेत्रमा हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो।

पाकिस्तान नियन्त्रित काश्मिरका अधिकारी सइद अश्फाक जिलानीले पनि राति फारियङ भएको एएफपीसँग बताएका छन्। तीन जना भारतीय सैनिकले रोयटर्सलाई दिएको जानकारी अनुसार पाकिस्तानी सेनाले सुरूमा भारतीय क्षेत्रमा गोली प्रहार गरेका थिए।

पहलगाम हमलापछि भारतीय सेनाले ‘सर्च एन्ड डिस्ट्रोइ’ अपरेशन सञ्चालन गरेको छ। सर्भिलेन्स ड्रोन र सैनिकहरू काश्मिर क्षेत्रमा परिचालन गरेको छ।अहिले तीन जना आतंकवादीको खोजीका लागि सेना परिचालन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

शुक्रबार मात्रै भारतीय अधिकारीले काश्मिर क्षेत्रमा बस्दै आएका आरोपीका दुई वटा घर भत्काएको छ। दुई देशबीचको सम्बन्ध बिग्रिएपछि संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई संयमता अपनाउन अनुरोध गरेको छ।

‘अधिकतम संयमता अपनाउन तथा परिस्थिति र घटनाक्रम थप बिग्रिन नदिन सुनिश्चितताका लागि हामी दुबै सरकारलाई अपिल गर्न चाहन्छौं,’ राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले भनेका छन्,‘ हामी दुई देशबीचको कुनै पनि समस्या शान्तिपूर्ण र आपसी संलग्नताले समाधान गर्न सकिन्छ भन्नेमा विश्वास गर्छौं।’

बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २६ जनाको हत्या गर्नेलाई पक्राउ गरी न्याय दिलाउने बताएका थिए। ‘म विश्वलाई बताउन चाहान्छु, भारतले हरेक आतंकवादी र उनलाई समर्थन गर्नेको पहिचान, ट्र्याक र कारबाही गर्नेछ,’ उनले भनेका थिए। पाकिस्तानले भने पहलगाम घटनामा आफ्नो संलग्नता नभएको दाबी गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?