न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलको ३०औं वार्षिकोत्सव सम्पन्न

न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलको ३०औं वार्षिकोत्सव सम्पन्न

अर्थ चौतारी

न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलको ३०औं वार्षिकोत्सव सम्पन्न

A A- A+

काठमान्डौ। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलको ३०औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावतले विद्यालयको शैक्षिक उन्नति र विद्यार्थीको शैक्षिक भविष्यमा विद्यालयले खेलेको भूमिकाको प्रशंसा गरे। उनले गुणस्तरीय शिक्षाका लागि स्थानीय तहको सहयोग अपरिहार्य रहेको उल्लेख गरे।

कार्यक्रममा विशिष्ट अतिथि नगरपालिकाकी उपमेयर गुलिया कुमारी चौधरीले विद्यालयले समुदायमा पुर्‍याएको योगदानको चर्चा गर्दै शैक्षिक सुधारका लागि निरन्तर प्रयत्न गर्नुपर्ने बताइन्।

त्यस्तै, वडा नं. १ का अध्यक्ष घनश्याम ओझाले विद्यालयले स्थानीय विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा प्रशंसा गरे।

विद्यालयका संस्थापक प्रधानाध्यापक पी.आर. भण्डारीले विद्यालयको स्थापना कालदेखि अहिलेसम्मको यात्रा, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराए। विद्यालयले विद्यार्थीको शैक्षिक स्तर वृद्धिका साथै अतिरिक्त क्रियाकलापहरूमा पनि जोड दिँदै आएको उनले बताए।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, वक्तृत्वकला लगायत विभिन्न सांस्कृतिक प्रस्तुति राखेका थिए। शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम विद्यालयका प्रिन्सिपलले धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?