सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेललाई सोमबार (आज) सदनबाट विश्वासको मत लिँदैछन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेकपा माओवादीको सहयोगमा कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले मुख्यमन्त्री कँडेलले २१ साउनमा विश्वासको मत लिन भन्दै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको नेपाल प्रेसलाई जानकारी दिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि २१ मत प्राप्त गर्नुपर्ने हुन्छ । प्रदेशसभामा एमालेका १० र कांग्रेसका १४ सांसद छन् । माओवादीका १३, रापप्रा र एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक–एक जना छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच