काठमान्डौ। जापानमा वस्ने नेपालीले ल्याएको लोकगीत “आलाराम” यतिबेला चर्चामा रहेको छ । नेपाली छोरी जापानी बुहारी कल्पना क्षेत्रीको प्रस्तुती रहेको आलाराम गितमा बाध्यताले विदेसिनु परेका नेपालीहरुको देशप्रतिको माया तथा छोरीले आफ्ना आमाबुवालाई सधै सम्झिरहन्छन, धेरै माया गर्छन भन्ने सन्देश रहेको छ ।
कल्पना क्षेत्री युट्युव च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा सिमा नेपालीको सुमधुर स्वर रहेको छ भने प्रेम सापकोटा “सोनु” ले लय र शव्द सिर्जना गरेका छन । तेजेन्द्र भण्डारीको निर्देशनमा बनेको यस गितको कथाबस्तु र प्रस्तुतीले सबैको मन छोएको छ ।
रहरैमा भन्ने तिज गितबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय मिलनसार, सहयोगी कल्पना क्षेत्रीले यो गितले आफ्नो जिवनसँग मेल खाएको बताएकी छिन । वास्तमा यस गितका शब्दले सबै नेपालीको मन छोएको छ । कल्पनाका अलवा म्युजिक भिडियोमा राधिका अधिकारी, कविता क्षत्री, केशर भट्ट र सिता भट्टले अभिनय गरेका छन ।
https://youtu.be/9b2givgakr0?si=-yIb1pxl-YB8liA3

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच