काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो आर्थिक विकास तथा पूर्वाधार क्षेत्रमा आवश्यक दीर्घकालीन लगानी सुनिश्चित गर्न वैकल्पिक विकास वित्तको परिचालन अपरिहार्य भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयकको सैद्धान्तिक अवधारणा पेश गर्दै अर्थमन्त्री पौडेलले सीमित परम्परागत स्रोतसाधनले राष्ट्रिय प्राथमिकताका परियोजनाहरूलाई सम्बोधन गर्न नसक्ने भन्दै नयाँ स्रोत र उपायहरूको खोजी गर्नु आजको आवश्यकता रहेको उल्लेख गरेका छन्।
उनले पूर्वाधार परियोजनाको पहिचान, प्राथमिकीकरण, लगानीका लागि आवश्यक स्रोतको परिचालन, वैदेशिक लगानी तथा वित्तीय उपकरणहरूको प्रयोग, संस्थागत संरचना र मूल्यांकन प्रणालीलाई विधेयकमा समेटिएको जानकारी दिए।
अर्थमन्त्रीका अनुसार, आगामी दशकमा पूर्वाधार विकासमा १ सय खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्छ भन्ने अध्ययनहरूले देखाएका छन्, तर हाल वार्षिक २–३ खर्ब रुपैयाँ मात्र लगानी भइरहेको छ। यो अन्तर पूर्ति गर्न नविन वित्तीय संयन्त्रको विकास आवश्यक रहेको उनको भनाइ थियो।
सरकारले दीर्घकालीन राष्ट्रिय लक्ष्यअनुरूप विद्युत् प्रणाली, औद्योगिक क्षेत्र, स्मार्ट सिटी, सडक, सिँचाइ, विमानस्थल, पर्यटनलगायत पूर्वाधार क्षेत्रमा ठूला लगानी ल्याउने तयारी गरेको छ। पौडेलले वैकल्पिक विकास वित्तमार्फत रोजगार सिर्जना र समावेशी आर्थिक वृद्धिमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच