डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु

डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु

अर्थ चौतारी

डेंगु संक्रमणबाट झापामा एक बालकको मृत्यु

A A- A+

झापा – झापाको बिर्तामोडमा एक बालकको डेंगु सङ्क्रमणका कारण मृत्यु भएको छ । बिर्तामोड नगरपालिका ४ का ८ वर्षीय आलोकजंग बस्नेतको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो ।

सुरुमा ज्वरो आएपछि बिर्ताबजारमा रगत परीक्षण गराउँदा डेंगु पुष्टि भएको थियो। लगत्तै उनलाई बिर्तामोडको झापा नेशनल मेडिकलमा चार दिनसम्म उपचार गराइएको थिए।

बिर्तामोडमा उपचार सम्भव नभएपछि बालकलाई उपचारका लागि नोबेल हस्पिटल विराटनगर लगिएको थियो । उपचारकै क्रममा हिजो उनको मृत्यु भएको न्यूटन्स एजुकेसन एकेडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईँले बताए ।

ती बालक न्यूटन्स एजुकेसन एकेडेमीमा कक्षा १ मा अध्ययनरत थिए । योसँगै यस वर्ष झापामा डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?