बल्खु तरकारी बजारनजिकै मजदुरको शव, हत्या आशंकामा अनुसन्धान हुँदै

बल्खु तरकारी बजारनजिकै मजदुरको शव, हत्या आशंकामा अनुसन्धान हुँदै

अर्थ चौतारी

बल्खु तरकारी बजारनजिकै मजदुरको शव, हत्या आशंकामा अनुसन्धान हुँदै

A A- A+

काठमाडौं- काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित तरकारी बजारभित्र भरियाको काम गर्ने एक व्यक्तिको हत्या भएको छ।

मकवानपुर घर भई बल्खु तरकारी बजारनजिकै टिनको टहरामा बस्दै आएका ४१ वर्षीय रामकृष्ण दाहालको शव हत्या गरिएको अवस्थामा फेला परेको हो।

टहराभित्र बुधबार बिहान साढे १० बजे दाहालको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए।

‘खबर पाएपछि प्रहरी टोली खटिएर लाश जाँच मुचुल्का कार्य भइरहेको छ,’ बोहराले भने।

दाहालको शरीरमा चोटपटक देखिएकोले उनको हत्या भएको आशंकामा अनुसन्धान थालिएको बोहराले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?