घाइते हुनेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-६ घर भई दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ र भारत बंगाल घर भई सोही कारखानामा काम गर्ने २९ वर्षीय मनु उर्वा रहेका छन्। घाइतेमध्ये उर्वाको अवस्था गम्भीर छ। उनलाई डा. इवामुरा अस्पतालबाट थप उपचारको लागि कीर्तिपुर अस्पताल लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
शनिबार मध्यराति १२ बजे सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानामा आगलागी भएको थियो। खबर प्राप्त हुनासाथ खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं, भक्तपुर ललितपुर र काभ्रेबाट बोलाइएका सात वटा दमकल, चार वटा पानी ट्यांकर र स्थानीयको सहयोगमा आइतबार बिहान ४ बजे आगलागी नियन्त्रणमा लिइएको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए।
कारखानामा अझै पनि धुवाँ आइरहेकाले दमकल र एक्साभेटरको सहयोगमा निभाउने कार्य जारी रहेको उनले बताए। आगलागीमा १ करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको विवरण छ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच