कटारी (उदयपुर), ७ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रको स्वाभिमान नेपाली जनताले संरक्षण गरेका बताएका छन् ।
आज प्रजातन्त्र दिवसको अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिका–४ बसाहामा प्रजातान्त्रिक योद्धा स्व नारदमुनि थुलुङको पूर्णकदको शालिक अनावरण गर्दै उनले जनताको योगदानबाट राष्ट्रको स्वाभिमान संरक्षण भएको उल्लेख गरे ।
मुख्यमन्त्री कार्कीले एक सय १६ वर्ष अगाडि जन्मिएका थुलुङले तत्कालीन भारतीय सेनाको जागीर छोडेर नेपाल क्रान्तिमा होमिएको इतिहास स्मरण गरे । “उहाँले प्रजातन्त्र प्राप्तिका लागि दिनुभएको योगदानको कदर गर्नुपर्छ”, उनले भने, “शिक्षा, समाजसेवा र स्थानीयलाई बसोबासको व्यवस्था गर्नुभएको थियो ।”
बसाहामा नारदमुनि थुलङ स्मृृतिसभा हल निर्माण, संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता पनि मुख्यमन्त्री कार्कीले जनाए । प्रदेश नामकरणको सवालमा आएका गुनासो जायज भए पनि त्यसको समाधान कानुन र संविधानमा निर्दिष्ट रहेर गर्नुपर्ने उनको भनाइ थियो ।
प्रदेशको समृद्धिका लागि सरकारले, फिदिम फाल्गुनन्द, सूर्योदय, तेह्रथुम सङ्खुवासभा, मुन्धुम ट्रेलजस्ता पदयात्राको विकास गरिरहेको मुख्यमन्त्री कार्कीले जानकारी दिए । कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवारले थुलुङको योगदानको जति सम्मान गरे पनि कम हुने बताए । रासस

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच