सांसद दीपक बोहरालाई पुत्रीशोक

सांसद दीपक बोहरालाई पुत्रीशोक

अर्थ चौतारी

सांसद दीपक बोहरालाई पुत्रीशोक

A A- A+

काठमाडौं, फागुन ३ । पूर्वमन्त्री तथा सांसद दीपक बोहरालाई पुत्रीशोक परेको छ। राप्रपा नेता बोहराकी ४४ वर्षीया एक मात्र छोरी जेनी चाँदनी बोहरा ‘ग्यारेट’को हृदयघातबाट निधन भएको हो। उनको शव अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

उनको अन्त्येष्टि आज साँझ ४ः३० बजे पशुपति आर्यघाटको विद्युत् शवदाह गृहमा गरिने छ । चाँदनीले अमेरिकन नागरिकसँग विवाह गरेकी थिइन्। उनका पति, दुई छोरी र एक छोरा छन्। उनी परिवारसहित बालुबाटारमा बसोबास गर्दै आएकी थिइन् । सांसद बोहराका छोरीमा चाँदनी एक जना मात्र थिइन्। उनका छोरा २ जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?