वाईसीएल युवाहरूको अत्यन्तै भरोसायोग्य संगठनः प्रचण्ड

वाईसीएल युवाहरूको अत्यन्तै भरोसायोग्य संगठनः प्रचण्ड

अर्थ चौतारी

वाईसीएल युवाहरूको अत्यन्तै भरोसायोग्य संगठनः प्रचण्ड

A A- A+

काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपाल युवाहरूको अत्यन्तै भरोसायोग्य संगठन रहेको बताएका छन् । आज (बिहीबार) वाईसीएल नेपालको ४३औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

‘लाल सलाम ! नेपाली युवाहरूको अत्यन्तै भरोसायोग्य, हाम्रो पार्टीको जुझारु एवं मिलिटेन्ट र युवा कम्युनिस्ट भर्ती गर्ने सहायक संगठन योङ कम्युनिस्ट लिग, नेपाल (वाईसीएल नेपाल) को ४३औं स्थापना दिवसको अवसरमा सबै देशभक्त, प्रगतिशील, वामपन्थी, गणतान्त्रिक युवाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’– शुभकामना सन्देशमा प्रचण्डले भनेका छन् ।

वाइसीएलले पार्टी अध्यक्ष प्रचण्ड युवा संघको अध्यक्ष भएको मितिलाई स्थापना दिवसको रुपमा मनाउँदै आइरहेको छ । वाईसीएलले केन्द्रीय कार्यालय पेरिसडाँडामा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरी आफ्नो ४३औं स्थापना दिवस मनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?