मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा समिन केसी पाँचाैं

मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा समिन केसी पाँचाैं

अर्थ चौतारी

मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा समिन केसी पाँचाैं

A A- A+

काठमाडौं, भदौ ३०। पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगितामा चन्द्रागिरि नगरपलिका वडा नं. ९ मच्छेगाउँका समिन केसीले पाँचाैं स्थान हात पारेका छन् ।
बी एण्ड एल फिटनेस स्टेशनका केसीले ७५ केजी ताैल समुहमा सो सफलता हात पारेका हुन् । केसी चन्द्रागिरि नगरपलिका वडा नं. ९ मच्छेगाउँका निर्वाचित वडा सदस्य समेत हुन् ।

शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजनाभयको “पाँचौं मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिता, महिला फिजिक्स प्रतियोगिता, पुरुष फिजिक्स प्रतियोगिता, मिष्टर काठमाडौँ जुनियर शारीरिक सुगठन प्रतियोगिता तथा ४० वर्षभन्दा माथिका मास्टर्स शारीरिक सुगठन प्रतियोगिता २०८१“ भएको थियो ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासङ्घको सहयोगमा भयको यो प्रतियोगिता राष्ट्रिय स्तरको थियो, साथै यस प्रतियोगिता भाद्र २८ र २९ गते दुई दिनसम्म सञ्चालन भयको थियो । उक्त प्रतियोगितामा नेपालकै इतिहासमा पहिलो पटक सर्वाधिक २०३ जना खेलाडीहरूले सहभागिता भए का थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?