काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी र पोलिटब्यूरो चयन गर्न भएको निर्वाचनको मतगणनामा तनाव भएको छ ।
धकेलाधकेल भएपछि मतगणना नै झण्डै आधा घण्टा रोकिएको छ
एकै ठाउँमा मतगणना गरेको भन्दै पदाधिकारी बाहेकका व्यक्तिहरू मतगणना स्थलमा पसेपछि विवाद भएको हो ।
अहिले केही ग्याप राखेर अलग-अलग तीन ठाउँमा मतगणना सुरु भएको छ । मतगणनास्थलमा पदाधिकारीका उम्मेदवारहरूलाई मात्रै बस्न दिइएको छ ।
बीचमा अवरोध नभए आजै मध्यरातसम्म मतगणना सकिने र परिणाम सार्वजनिक हुने पार्टीका नेताहरूले बताएका छन् ।
१७ पदाधिकारी र १०५ पोलिटब्यूरो चयन गर्न एकीकृत समाजवादीले १०औं महाधिवेशन सम्पन्न गरेको झण्डै डेढ महिनापछि निर्वाचन गराएको हो ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच