AKTOR: Take 1’ – ३ दिनमै २ मिलियन भ्युज, प्रदीप खड्काको दमदार अवतार!

AKTOR: Take 1’ – ३ दिनमै २ मिलियन भ्युज, प्रदीप खड्काको दमदार अवतार!

अर्थ चौतारी

AKTOR: Take 1’ – ३ दिनमै २ मिलियन भ्युज, ...

A A- A+

अमीर के.सी,काठमाडौं:-नेपाली फिल्म ‘AKTOR: Take 1’ को अफिसियल ट्रेलरले युट्युबमा शानदार प्रदर्शन गरिरहेको छ। सार्वजनिक भएको ३ दिनमै २ मिलियनभन्दा बढी भ्युज पार गर्दै, यो वर्षको बहुप्रतीक्षित फिल्ममध्ये एक बन्ने संकेत देखाएको छ।

प्रदिप खड्का अभिनीत यो एक्सन-थ्रिलर फिल्म माघ १६ (January 29) मा रिलिज हुँदैछ। फिल्ममा प्रदिपको दमदार लुक, रहस्यमय कथा, र एक्सन दृश्यले दर्शकलाई रोमाञ्चित बनाएको छ।

थमन कुमार भण्डारीको निर्माण, दिव्या रायमाझीको डेब्यु

फिल्म थमन कुमार भण्डारी को निर्माणमा बनेको हो। यो फिल्ममार्फत दिलीप रायमाझीकी छोरी दिव्या रायमाझीले हिरोइनको रूपमा डेब्यु गरिरहेकी छन्। दिव्याको नयाँ जोडीको रूपमा प्रदिप खड्कासँगको स्क्रिन प्रेजेन्सलाई लिएर दर्शक निकै उत्साहित छन्। यस फिल्मका निर्देशकिय जिम्मेवारी राजन भुसालले सम्हालेका छ्न।

आना शर्मा मुख्य भूमिकामा, राजबल्लभ कोइरालाको १० वर्षपछि कमब्याक

फिल्ममा चर्चित अभिनेत्री आना शर्मा मुख्य भूमिकामा छिन्, जसले कथामा थप रोचक मोड ल्याउने अनुमान गरिएको छ। साथै, अभिनेता राजबल्लभ कोइराला १० वर्षपछि यो फिल्ममार्फत नेपाली फिल्म क्षेत्रमा पुनरागमन गर्दैछन्, जुन दर्शकका लागि अर्को विशेष आकर्षण हुनेछ।

ट्रेलरले बनायो उत्साह, दर्शकको उच्च प्रतिक्षा

ट्रेलरमा दमदार एक्सन, रहस्यमय कथा, र प्रदिप खड्काको गहिरो अभिनय देख्न सकिन्छ। फिल्म समीक्षकहरूका अनुसार, ‘AKTOR: Take 1’ प्रदिप खड्काको करियरका लागि टर्निङ पोइन्ट बन्न सक्छ।

अब फिल्म प्रदर्शनपछि दर्शकको प्रतिक्रियाले यसको वास्तविक प्रभाव देखाउनेछ। के ‘AKTOR: Take 1’ वर्षकै ब्लकबस्टर बन्न सक्छ? त्यसको लागि माघ १६ पर्खनु पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?