काठमाडौं । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टाका लागि बन्द हुने भएको छ । हवाई उडान, सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बन्धित अभ्यास गर्न विमानस्थल बन्द गर्न लागिएको हो ।आज दिउँसो १ देखि साढे १ बजेसम्म उडान/अवतरण बन्द हुने विमानस्थलले जनाएको छ ।‘यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरिको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको पनि देख्न सकिनेछ । साथै अभ्यासको क्रममा स्थानीय समय १३:०० देखि १३:३० वजे सम्म यस विमानस्थलको अपरेशन वन्द हुने भएकोले नियमित उडानरअवतरण प्रभावित हुन सक्नेछन् ।’ सूचनामा भनिएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच