प्रीन्स थापाको डेब्यु फिल्म ‘एक्टर’ माघ ४ गतेदेखि प्रदर्शनमा

प्रीन्स थापाको डेब्यु फिल्म ‘एक्टर’ माघ ४ गतेदेखि प्रदर्शनमा

अर्थ चौतारी

प्रीन्स थापाको डेब्यु फिल्म ‘एक्टर’ माघ ४ गतेदेखि प्रदर्शनमा

A A- A+

अमीर के.सी,काठमाडौ : नेपाली सिनेमा उद्योगमा नयाँ प्रतिभा प्रस्तुत गर्दै प्रिन्स थापाको डेब्यु चलचित्र ‘एक्टर’ यही माघ ४ गते (जनवरी १७) बाट प्रदर्शनमा आउँदैछ।

चलचित्रमा प्रिन्स थापाले मुख्य भूमिका निभाएका छन्, जहाँ उनको साथमा सिवानी गिरि प्रमुख भूमिकामा देखिनेछिन्। प्रेम, रोमान्स, र ड्रामाको समिश्रण रहेको यो चलचित्रलाई मदन घिमिरेले निर्देशन गरेका छन्।

चलचित्रका निर्माता वरिष्ठ पत्रकार मनोहरी थापा हुन्। कार्यकारी निर्माताहरू विष्णु सुवेदी, सफलता थापा, र निसा केसी भण्डारी रहेका छन् भने सह निर्मातामा चन्द लामा र भैरव खकुरेल छन्। कथा र संगीत सम्राट थापाले तयार पारेका छन्।

अन्य कलाकारहरूमा सरोज खनाल, कृष्ण मल्ल, महेन्द्र मैनाली, र निर्मल शर्मा रहेका छन्। प्रिन्स थापाको यो डेब्यु फिल्मले उनलाई नेपाली फिल्म क्षेत्रको नयाँ स्टारको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। माघ ४ मा सिनेमा हलमा उपस्थित भई प्रिन्स थापाको अभिनय यात्रा आरम्भको साक्षी बन्न नभुल्नुस्!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?