चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

अर्थ चौतारी

चलचित्र ‘गुरु आमा’को पहिलो पोस्टर सार्वजनिक

A A- A+

काठमाडौं– नेपाली कथानक चलचित्र गुरु आमाको पहिलो पोस्टर सार्वजनिक भएको छ ।

बुधबार एक कार्यक्रमका बिच चलचित्र निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्रको पोस्टर सार्वजनिक गरेका हुन् ।

चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, बुद्धि तामाङ, टिका सानु, सुस्मा थापा, सुशील पोखरेल, धुर्व कोइराला, उत्तम के.सी, गिरी बहादुर पुन लगायतका कलाकारको उत्कृष्ट अभिनय छ ।

निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले चलचित्र ‘गुरुआमा’ छिट्टै दर्शकहरूमाझ ल्याउने तयारी भइरहेको बताए ।

उनका अनुसार चलचित्रले शिक्षक, विद्यार्थी र अभिभावकबिचको सम्बन्धलाई उजागर गरी समाजलाई प्रेरणा दिने छ ।

‘चलचित्रले किशोर किशोरी कसरी दुर्व्यसनमा फस्छन्, सन्तान बिग्रनुमा सङ्गत र अभिभावक कत्तिको जिम्मेवारी हुन्छन् भन्ने विषय छर्लङ्ग देखाएको छ’ सुनारले भने, ‘आशा छ यो चलचित्र हेरिसकेपछि सन्तानको सुन्दर भविष्य निर्माणमा र सन्तानलाई गलत प्रवृत्तिबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?