बालाजुको जेब्रा झोला फ्याक्ट्रीमा आगलागी, सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा

बालाजुको जेब्रा झोला फ्याक्ट्रीमा आगलागी, सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा

अर्थ चौतारी

बालाजुको जेब्रा झोला फ्याक्ट्रीमा आगलागी, सेना र स्थानीयको सहयोगमा ...

A A- A+

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१६, बालाजुस्थित जेब्रा झोला फ्याक्ट्रीमा आज दिउँसो आगलागी भएको छ। नेपाली सेनाका अनुसार, दिउँसो करिब २ः३० बजे फ्याक्ट्रीमा अचानक आगो लागेको हो।

आगलागी नियन्त्रणका लागि सेनाको पुरानो गोरख गण, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरपालिकाको दमकल टोली, स्थानीय जनप्रतिनिधि र बासिन्दाहरूले संयुक्त प्रयास गरेका थिए। दमकलको तत्काल उद्धार प्रयासपछि आगो नियन्त्रणमा लिइएको छ।

हालसम्म आगलागीबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन। क्षतिको यकिन विवरण र आगलागीको कारण खुल्न बाँकी छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?