रमेश बिकको ‘काछ राजा कोटको’ गीत सार्वजनिक, संगीत जगतमा नयाँ तहल्का

रमेश बिकको ‘काछ राजा कोटको’ गीत सार्वजनिक, संगीत जगतमा नयाँ तहल्का

अर्थ चौतारी

रमेश बिकको ‘काछ राजा कोटको’ गीत सार्वजनिक, संगीत जगतमा ...

A A- A+

काठमाडौं-  नेपाली संगीत क्षेत्रमा नयाँ र आकर्षक गीत " रमेश बिकको काछ राजा कोटको" सार्वजनिक भएको छ। यस गीतमा आवाज दिएका छन्,गायक रमेश बिक र गायिका रेखा जोशीले। गीतको लिरिक्स भने, युवा संगीतकार प्रेम मल्लले गरेका छन् । जसले संगीत पनि तयार गरेका छन्।

यस गीतको निर्माण कार्यमा अरेंजरको रुपमा कृष्ण बाजुरेली रहेका छन्, र  "द इरा"स्टुडियोमा यो गीतको रेकर्डिङ प्रक्रिया सम्पन्न भएको हो।

गीतको भिडियोमा रमेस बिक र मनिषा रावल प्रमुख कलाकारका रुपमा देखिएका छन्। भिडियोको क्यामेरा कार्य दया चौधरीले सम्हालेका छन, र निर्देशन गरेका छन, रमेश बिजुली बिसीले।

यस गीतका कलाकारहरुको मेकअप सृजना ले गरेकी छिन्, भने सम्पादन कार्य संकर साउदले गरेका छन्। पोस्टर डिजाइन र कलरको काम पनि संकर साउदले गरेका छन्, जसले गीतको दृश्यलाई अझ आकर्षक बनाएको छ।

"रमेश बिकको काछ राजा कोटको" गीतलाई संगीत प्रेम मल्लको अनौठो र रचनात्मकता देख्न पाउँछ। यस गीतको प्रकाशनले नेपाली संगीतलाई एक नयाँ दिशा दिएको छ, र यसलाई सबैको माया प्राप्त हुने विश्वास गरिएको छ।

गीतको भिडियो युट्युबमा उपलब्ध छ र नेपाली म्यूजिक च्यानलहरूसँगै अन्य सामाजिक मिडिया प्लेटफर्महरूमा पनि सक्रिय रूपमा प्रचार भइरहेको छ। युट्युब च्यानल "रमेश बिजुली बि सी "मा "रमेश बिकको काछ राजा कोटको" भिडियो हेर्न सक्नुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?