काठमाडौं। नेपाल शिक्षक महासंघको प्रतिनिधि टोलीले सिंहदरबार पुगेर असार १५ सम्झाएको छ । महासंघकी सह–अध्यक्ष नानुमाया पराजुलीुसहितको टोली सिंहदरबारमा पुगेको हो ।
आज असार १५ गते नेपाल सरकारले शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित गर्ने प्रतिबद्दता जारी गरेकोकुरा स्मरण गराउन बिहानैदेखि शिक्षक महासंघको टिम सिंहदरबारमा । सहमतिअनुरूप केही नटुङ्गिएका बिषयमा ध्यानाकर्षण,’– सहअध्यक्ष पराजुलीले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।
नयाँ शिक्षा ऐनको माग गर्दैै देशभरका शिक्षकहरुले एक महिना लामो काठमाडौं केन्द्रीत आन्दोलन गरेका थिए । तत्काल नयाँ शिक्षा ऐन जारी हुनुपर्ने र आफूहरुसँग विगतमा पटक–पटक भएका सहमतिहरु कार्यान्वयन हुनुपर्ने उनीहरुको माग थियो । उनीहरुको माग बमोजिम असार १५ सम्म प्रतिनिधिसभाबाट शिक्षा विधेयक पारित गरिने सहमति भएको थियो । उक्त सहमति कार्यान्वयन नहुने निश्चित भएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच