बीआरआईमा हस्ताक्षर भइसकेपछि कांग्रेसले भन्यो- ‘ऋण अपवादमा पर्न पनि सक्छ’

बीआरआईमा हस्ताक्षर भइसकेपछि कांग्रेसले भन्यो- ‘ऋण अपवादमा पर्न पनि सक्छ’

अर्थ चौतारी

बीआरआईमा हस्ताक्षर भइसकेपछि कांग्रेसले भन्यो- ‘ऋण अपवादमा पर्न पनि ...

A A- A+

काठमाडौं : नेपाली कांग्रेसले चीनसँग बीआरआई अन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने पार्टीको धारणा अहिले पनि कायमै रहेको दाबी गरेको छ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाश शरण महतले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा भएको सम्झौताले अनुदान लिने बाटो बन्द नगरेको तर्क गरे।

उनले भने, ‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो। त्यही निर्णयमा आज पनि कायम छौँ। अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन। ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सरकारले त्यही अनुसार परियोजना अगाडि बढाउँछ भन्ने हामीलाई विश्वास छ।’

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएको सम्झौतामा पनि अनुदानको पहल गर्ने समझदारी अनुसार नै फ्रेमवर्कमा हस्ताक्षर भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?