सुनसरी – धरान -३ स्थित माछाभौडीमा शुक्रबार एक युवकले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
इलाका प्रहरी कार्यालयका अनुसार ३७ वर्षीय अमृत रसाइलीले २८ वर्षीया श्रीमती सम्झना रसाईलिलाई दिउँसो करिब १ बजे घाटीमा खुकुरीले प्रहार गरी हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राम प्रसाद तिम्सिनाका अनुसार खुकुरी प्रहार गर्दा श्रीमतीको घटना स्थलमै मृत्यु भएको थियो घरायसी विवादका कारण श्रीमतीमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।
श्रीमान अमृत रसाइलीलाई अहिले इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ । मृतक महिलाको शव पोष्टमार्टमकालागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच