पुरुष यु–१९ एसिया कपः अन्तिम खेलमा आज अफगानिस्तानको सामना गर्दै नेपाल

पुरुष यु–१९ एसिया कपः अन्तिम खेलमा आज अफगानिस्तानको सामना गर्दै नेपाल

अर्थ चौतारी

पुरुष यु–१९ एसिया कपः अन्तिम खेलमा आज अफगानिस्तानको सामना ...

A A- A+

काठमाडौं, मंसिर १८ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले तेस्रो अर्थात् अन्तिम खेल अफगानिस्तानसँग खेल्न लागेको हो । यो खेल नेपाली समयानुसार बिहान १०ः४५ मा सुरु हुनेछ ।

नेपालले यसअघि दुई खेल हारिसकेको छ । एसियन क्रिकेट काउन्सिल ९एसिसी०को आयोजनामा मङ्सिर १४ गतेदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको थियो । आइतबार भएको दोस्रो खेलमा नेपालले बङ्गलादेशसँग पाँच विकेटले हार व्यहोर्यो ।

नेपाली टोलीमा हेमन्त धामीको कप्तानीमा १५ सदस्य छन् । जसको उपकप्तानमा अर्जुन कुमाल छन् । टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिसविक्रमसिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव छन् । यस्तै, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमारलाई पनि टोलीमा समावेश गरिएको छ । टोलीको प्रमुख प्रशिक्षकमा शक्ति गौचन र सहायक प्रशिक्षकमा धिरेन्द्र चन्द छन् ।

एसिया कपमा घरेलु टोली युएई, नेपालसहित आठ राष्ट्र सम्मिलित छन् । आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र युएई छन् समूह ‘बी’मा नेपालसहित श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?