काठमाडौं, २९ मङ्सिर । नेपाल पत्रकार महासङ्घको जुम्ला शाखाको अध्यक्ष पदमा पूर्णप्रसाद चौलागाई निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा नौरेते नेपाली, महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सचिवमा मानबहादुर कुँवर र समावेशी सचिवमा सरिता पराजुली यसअघिनै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ योगीले बताए ।
उनका अनुसार निर्वाचनमा ५४ मतमध्ये ५३ मत खसेको थियो । त्यस्तै सदस्यमा मोहन शाही, टेक हमाल , सीता कुमाई, सपना रावत, सिवानी विक, लक्ष्मी न्यौपाने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच