यी हुन् आप्रवासीका लागि सबैभन्दा सस्तो र महँगो सहर

यी हुन् आप्रवासीका लागि सबैभन्दा सस्तो र महँगो सहर

अर्थ चौतारी

यी हुन् आप्रवासीका लागि सबैभन्दा सस्तो र महँगो सहर

A A- A+

काठमाडौँ । अध्ययन वा रोजगारीको सिलसिलामा विदेश जाने धेरैको सपना हुन्छ । तर कतिपय सपनाको देश जान यति धेरै खर्च लाग्छ कि पैसाको अभावमा मानिसहरूले त्यो सपना देख्नै छाडिदिन्छन् । विदेश जाने निर्णयमा व्यक्तिगत आर्थिक अवस्थाले ठुलो महत्त्व राख्छ ।

लगातार चौथो वर्ष पनि भियतनाम आप्रवासीका लागि विश्वको सबैभन्दा सस्तो र सुपथ देश बनेको छ । ५३ देशहरूको सूचिमा व्यक्तिगत अर्थको मामिलामा भियतनाम शीर्ष स्थानमा रहेको इन्टर नेशन्सको यस वर्षको अध्ययनले देखाएको हो ।सर्वेक्षणमा विश्वका १७४ क्षेत्रका १२ हजार भन्दा धेरै आप्रवासीहरू सहभागी भएका थिए । यसले आप्रवासीका लागि बस्नका लागि सबैभन्दा उत्तम र खराब ठाउँ, जीवन स्तर, विदेशमा काम र व्यक्तिगत वित्त आदी पक्षबारे अन्तरदृष्टि दिएका छन् ।

व्यक्तिगत खर्चको हिसाबले आप्रवासीका लागि सबैभन्दा राम्रो देश

१. भियतनाम
२. कोलम्बिया
३. इन्डोनेसिया
४.पानामा
५. फिलिपिन्स
६. भारत
७. मेक्सिको
८. थाइल्यान्ड
९. ब्राजिल
१०. चीन

यो वर्षको सूचिको शीर्ष स्थानमा एसियाली देशहरूको दबदबा रहेको छ । शीर्ष १० मा ६ वटा देश एसियाका छन् । बसोबासका लागि घरको उपलब्धतामा भियतनाम, इन्डोनेसिया, फिलिपिन्स र थाइल्यान्ड शीर्ष १० भित्र छन् । यी देशमा बस्नका लागि घर खोज्न अति नै सजिलो भएको र घर भाडा पनि सस्तो भएको सर्वेक्षणका सहभागीहरूले बताएका छन् ।

सर्वेक्षणको पुछारमा परेका देशहरू आप्रवासीका लागि सबैभन्दा महँगो हुन् । यी देशमा आप्रवासीलाई आफ्नो खर्च धान्नै हम्मे हम्मे पर्ने गरेको छ । आफ्नो वित्तीय स्थिति र खर्चयोग्य आम्दानी धेरै नहुँदा पनि आप्रवासीहरू यी देशमा त्यति सन्तुष्ट नभएको पाइएको छ । यसको सूची निम्नानुसार छन्

१. क्यानडा
२. फिनल्यान्ड
३. अमेरिका
४. आयरल्यान्ड
५. नर्वे
६. सिंगापुर
७. न्यू जिल्यान्ड
८. बहराइन
९. टर्की
१०. कुवेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?