ग्वार्कोको गेष्ट हाउसमा बेहाेस भेटिएकी युवतीको मृत्यु, युवक प्रहरीको निगरानीमा

ग्वार्कोको गेष्ट हाउसमा बेहाेस भेटिएकी युवतीको मृत्यु, युवक प्रहरीको निगरानीमा

अर्थ चौतारी

ग्वार्कोको गेष्ट हाउसमा बेहाेस भेटिएकी युवतीको मृत्यु, युवक प्रहरीको ...

A A- A+

काठमाडौं । ललितपुरको एक गेष्ट हाउसमा एक युवतीको मृत्यु भएको छ । ललितपुर महानगरपालिका वडा ७ ग्वार्कोमा रहेको सनलाइट गेष्टहाउसमा एकजना युवतीको मृत्यु भएको हो। गोदावरी नगरपालिका ८ डुकुछाप घर भै हाल सातदोबाटो ललितपुरमा बस्दै आएका २६ वर्षका सन्दिप बि.क ले गएराति ११ बजे आफ्नो साथमा लिएर आएको युवती बिहानीपख बेहोस भएकी थिइन् । युवती बेहोस भएपछि गेष्ट हाउस संचालकले ग्वार्कोमा रहेको बि एण्ड बि अस्पतालमा उपचारको लागि लगेको थियो । उपचारकै क्रममा बिहान सात बजे मृत्यु भएको प्रहरीले जनाएको छ । युवकले पनि सास फेर्न कठिनाइ भएको भनी बताएपछि प्रहरीको निगरानीमा बि एन्ड बि अस्पतालमा नै उपचार भइरहेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?