काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको शैक्षिक योग्यता नपुग्दा संसदीय सुनुवाई विशेष समितिबाट अनुमोदन नहुने भएका छन् ।
नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएका भट्टराईबारे निर्णय लिन दिउँसो ३ बजे समितिको बैठक बस्दैछ । यसअघि बिहान ९ बजेका लागि डाकिएको बैठक दिउँसोसम्म सरेको हो । आजको बैठकसम्म उनले सर्टिफिकेटको प्रमाणपत्र बुझाउन नसके दुईतिहाई बहुमतबाट नाम अस्वीकृत गर्ने समितिको तयारी छ ।
उनीबारे निर्णय लिन सोमबार समितिको बैठक बोलाइएको थियो। समिति सदस्य श्याम घिमिरेकाअनुसार दुई तिहाइ सदस्यको उपस्थिति नपुग्दा भट्टराईबारे हिजो निर्णय भएको थिएन।
उनले राजदूत बन्न चाहिने आवश्यक स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र अझै समितिमा बुझाउन सकेका छैनन्। आजसम्म पनि भट्टराईले शैक्षिक योग्यताको प्रमाणपत्र नबुझाए उनको नाम राजदूतमा अस्वीकृत हुने समिति सदस्यहरुले बताएका छन्।
प्रस्तावित १७ राजदूतमध्य ३ असोजमा १६ जनाको नाम संसदीय समितिले अनुमोदन गरेको थियो। तर, त्यतिबेला भट्टराईको स्नातकको प्रमाणपत्र नपाइएपछि उनको विषयलाई थाँती राखिएको थियो।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच