लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

(240923) -- MARJEYOUN, Sept. 23, 2024 (Xinhua) -- This photo taken on Sept. 22, 2024 from Marjeyoun shows the smoke caused by an Israeli airstrike in Qantara, in southern Lebanon. Three people were killed and four others injured on Sunday in Israeli airstrikes on dozens of villages and towns in southern Lebanon, according to Lebanese military sources. (Photo by Ali Hashisho/Xinhua)

लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

अर्थ चौतारी

लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

A A- A+

बेरुत (लेबनान), ८ असोज । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा ३५ बालबालिकासहित कम्तीमा चार सय ९२ जनाको मृत्यु भएको छ । । यो अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएयता सीमापार हिंसाको सबैभन्दा घातक दिन थियो ।

अरब मुलुकहरूले करिब एक वर्षयता नदेखिएको स्तरमा तीव्र भएको हिजबुल्लाहसँगको बढ्दो शत्रुताका लागि इजरायलको कडा निन्दा गरेका छन् ।

हमास र अन्य प्यालेस्टिनी लडाकूहरूले हिजबुल्लाह र इरान समर्थित अन्य समूहलाई समावेश गर्दै इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि युद्ध सुरु भएको हो ।

इजरायलले दक्षिणी पूर्वी लेबनानका करिब एक हजार छ सय स्थानमा आक्रमण गर्दा ‘ठूलो सङ्ख्यामा’ हिजबुल्लाहका लडाकूहरू मारिएको बताएको छ । यसमा बेरुतमा ‘लक्षित आक्रमण’ पनि समावेश थियो । इजरायली सेनाले यसलाई ‘अपरेसन नर्दन एरो’ भनेको थियो ।

हिजबुल्लाहले उसको तेस्रो वरियताको कमान्डर अली कराके जीवित रहेको बताएको छ । स्रोतका अनुसार राजधानीमा भएको आक्रमणले उनलाई लक्षित गरेको बताएपछि सुरक्षित स्थानमा गएका छन् ।

सरकारी सञ्चार माध्यमले पूर्वी लेबनानामा नयाँ आक्रमणहरूको खबर दिएपछि हिजबुल्लाहले मङ्गलबार बिहान इजरायली सैन्य ठेगानाहरूमा ‘मिसाइलहरूको वर्षा’ गरेको बतायो ।

इजरायलको तटीय सहर हाइफामा सोमबार हवाई आक्रमणको साइरन बज्दा मानिसहरूलाई आश्रयस्थलतर्फ दौडिरहेको देखिएको थियो ।

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ३५ बालबालिका र ५८ महिलासहित चार सय ९२ जनाको मृत्यु भएको र एक हजार छ सय ४५ जना घाइते भएको जानकारी दिएको छ । स्वास्थ्यमन्त्री फिरास अबियादले ‘हजारौँ परिवार’ विस्थापित भएको बताए ।

पूर्वी लेबनानको प्राचीन सहर बाल्बेक नजिकै भएका विस्फोटहरूले आकाशमा धुवाँको मुस्लो उडाएको थियो ।

हिजबुल्लाहका लागि सबैभन्दा कठिन साता

हिंसा इजरायलको गाजासँगको दक्षिणी सीमाबाट लेबनानसँगको उत्तरी सीमातर्फ सरेपछि विश्वका शक्तिशाली मुलुकहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको अवस्थाबाट पछि हट्न आग्रह गरेका छन् ।

फ्रान्स र इजिप्टले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई हस्तक्षेप गर्न आह्वान गरेका छन् भने इराकले न्युयोर्कमा राष्ट्रसङ्घीय महासभा बैठक भइरहेका बेला अरब मुलुकहरूको बैठक तत्काल बोलाउन अनुरोध गरेको छ ।

इजरायलका सेना प्रमुख हेर्जी हालेभीले आक्रमणहरूले हिजबुल्लाहले दुई दशकदेखि निर्माण गर्दै आएको लडाकू पूर्वाधारलाई प्रहार गरेको बताए ।

इजरायली रक्षामन्त्री योभ ग्यालेन्टले सोमबारको अभियानलाई ‘महत्त्वपूर्ण शिखर’ भनेको छ । “यो हिजबुल्लाहको स्थापनादेखि नै सबैभन्दा कठिन साता हो– परिणामले आफैँ बताइरहेको छ”, उनले भने, “साताको सुरुमा गरिएका गतिविधिहरूको परिणामस्वरूप धेरै आतङ्कवादी घाइते हुँदा सम्पूर्ण एकाइ युद्धबाट बाहिरिए ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायलले उत्तरमा ‘सुरक्षा सन्तुलन’ परिवर्तन गर्न काम गरिरहेको बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?