पोखरा-१५ मा कम्प्लिट हेल्थ क्लिनिकको नयाँ युगको शुरुआत: विशेषज्ञ डाक्टरहरूको साथमा अत्याधुनिक स्वास्थ्य सेवा

पोखरा-१५ मा कम्प्लिट हेल्थ क्लिनिकको नयाँ युगको शुरुआत: विशेषज्ञ डाक्टरहरूको साथमा अत्याधुनिक स्वास्थ्य सेवा

अर्थ चौतारी

पोखरा-१५ मा कम्प्लिट हेल्थ क्लिनिकको नयाँ युगको शुरुआत: विशेषज्ञ ...

A A- A+

अमीर के.सी,काठमाडौ :-पोखरा-१५, नयाँगाउँ स्थित कम्प्लिट हेल्थ क्लिनिकले आफ्नो सेवा विस्तार गर्दै स्वास्थ्य सेवा क्षेत्रमा नयाँ पारी थालेको छ। क्लिनिकका सञ्चालक अर्जुन पहारीले जानकारी दिँदै भने, "हाम्रो उद्देश्य स्थानिय समुदायलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा सुलभ र भरपर्दो बनाउन हो।"

क्लिनिकले अबदेखि ख्यातिप्राप्त विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक स्वास्थ्य जाँच र परामर्श सेवा प्रदान गर्ने योजना बनाएको छ। यहाँ ल्याब, एक्सरे, भिडियो एक्सरे र फार्मेसीका अत्याधुनिक सुविधाहरू उपलब्ध छन्, जसले बिरामीलाई उत्कृष्ट सेवा दिन मद्दत पुर्याउँछ।

क्लिनिकले हाल काठमाडौंका प्रतिष्ठित विशेषज्ञ डाक्टरहरूको सहकार्यमा थप सेवा विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ। यससँगै, स्थानीय बिरामीहरूलाई थप गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ।

क्लिनिकमा वर्तमानमा कार्यरत प्रमुख विशेषज्ञहरूमा बाल रोग विशेषज्ञ डा. विधान घिमिरे, वरिष्ठ न्युरो सर्जन डा. राजन कुमार शर्मा, हाडजोर्नी र नसा रोग विशेषज्ञ डा. राजेन्द्र कार्की, जनरल सर्जन डा. डेविड श्रेष्ठ, सुगर रोग विशेषज्ञ डा. शान्ति पोखरेल, जनरल फिजिसियन डा. सिर्जना पौडेल र डा. अशोक तिवारी रहेका छन्।

यो नयाँ सेवा विस्तारले पोखरा क्षेत्रका बिरामीहरूलाई अब एकै स्थानमा उच्चस्तरीय स्वास्थ्य सेवाको अनुभव दिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?