काठमाडौं । महाशिवरात्रि अवसरमा बुधबारदेखि देशब्यापी प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ले घरेलु बक्सअफिसमा उत्साहजनक डेब्यु गरेको छ ।
फिल्मले पहिलो दिन देशभर १ करोड १० लाख रुपैयाँ ग्रस ओपनिङ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । ‘धेरैपछिको यो ब्लकबस्टर ओपनिङ हो’ वितरक मनोज राठीले भने ।
बुधबार जेपिटी क्रिएसनको यो फिल्म २०० शोसहित रिलिज भएको थियो । ‘धेरैपछि नेपाली फिल्मको यत्तिको ओपनिङ भएको हो । दशैं बेलाका फिल्मले पनि केही दिनपछि मात्र राम्रो कमाइ गरेका हुन् ।’
वितरक राठीले विहिबार अकुपेन्सीमा केही गिरावट आएपनि शुक्रबार र शनिबारको सार्वजनिक बिदाको दिनमा फिल्मले फेरि राम्रो कमाइ गर्ने बताए । फिल्मले सप्ताहन्तमा २ करोडको आँकडा सजिलै पार गर्ने प्रक्षेपण उनले गरे ।
‘लाज शरणम्’ले रिलिजअघि नै १५ लाख मूल्य बराबरको एड्भान्स टिकट बिक्री गरेको थियो । बुधबार नै प्रदर्शनमा आएका ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ले भने कलेक्सन सार्वजनिक गरिसकेका छैनन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच