नेपाल टेलिकमको सेवा प्रयोग गरेर कसरी हेर्ने एसईईको नतिजा ?

नेपाल टेलिकमको सेवा प्रयोग गरेर कसरी हेर्ने एसईईको नतिजा ?

अर्थ चौतारी

नेपाल टेलिकमको सेवा प्रयोग गरेर कसरी हेर्ने एसईईको नतिजा ...

A A- A+

एसईई परीक्षाको नतिजा नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्न गरेर हेर्न सकिने भएको छ ।  नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित भएको  २०८० सालको एसईई परीक्षाको नतिजा आईभीआर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने प्रवक्ता हरि ढकालले जानकारी दिए । नतिजाका लागि नेपाल टेलिकमको ल्यान्डलाइन वा मोबाइल फोन प्रयोग गर्न सकिने छ । यस अनुसार सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिने छ ।त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर  (SEE <space> <symbol number>) टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । उदाहरणका लागि SEE 12345678A टाइप गरी १६०० मा सन्देश पठाउन सकिन्छ । नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/  मार्फत मार्कसिट सहितको नतिजा पनि प्राप्त गर्न सकिने ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?