पूर्वी नेपालबाट मनसुन भित्रियो, देशैभर फैलिन केही दिन लाग्ने

पूर्वी नेपालबाट मनसुन भित्रियो, देशैभर फैलिन केही दिन लाग्ने

अर्थ चौतारी

पूर्वी नेपालबाट मनसुन भित्रियो, देशैभर फैलिन केही दिन लाग्ने

A A- A+

काठमाडौं । पूर्वी नेपालबाट यस वर्षको मनसुनी वायु भित्रिएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार मनसुनी वायु नेपालको पूर्वी क्षेत्र हुँदै प्रवेश गरेको हो। नेपालमा सरदरमा १३ जूनमा मनसुन शुरू हुन्छ। यस वर्ष भने १० जून अर्थात् सरदरभन्दा तीन दिनअघि नै मनसुनी वायु प्रवेश गरेको विभागले जनाएको छ।यद्यपि यो देशभरि फैलिन समय लाग्छ। मनसुनी वायु पूर्वी क्षेत्रबाट छिरेर क्रमशः पश्चिमतिर विस्तार हुँदै जान्छ। विभागले नेपालका अन्य भूभागमा केही दिनमा मनसुन क्रमिक रूपमा अघि बढ्ने बताएको छ।विभागले यस वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेको आकलन गरेको छ। यस वर्ष देशका अधिकांश भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत छ। नेपालमा कुल वार्षिक वर्षाको ८० प्रतिशत पानी मनसुनको अवधिमा पर्छ।करीब तीन महीना कायम रहने मनसुन अवधि कृषि प्रणालीको प्राण सरह हो। देशको प्रमुख बाली धान खेती मनसुनी वर्षामा आधारित हुँदा यो किसानको जीविकोपार्जनको महत्त्वपूर्ण टेको पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?