सबै दलबीचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ : गृहमन्त्री

u[xdGqL n]vs s~rgk'/, @) ebf}M s~rgk'/sf] z'SnfkmfF6f gu/kflnsf–!) emnf/Ldf g]kfnL sf+u|]; lgjf{rg If]q g+ @ If]qLo sfo{;ldltn] laxLaf/ cfof]hgf u/]sf] sfo{stf{ e]63f6 sfo{qmddf dGtJo /fVb} u[xdGqL /d]z n]vs . tl:a/M /fh]Gb|k|;fb kg]?÷/f;;

सबै दलबीचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ : गृहमन्त्री

अर्थ चौतारी

सबै दलबीचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ : गृहमन्त्री

A A- A+

सुदूरपश्चिम– गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र समावेशी सिद्धान्तलाई थप मजबुत बनाउन संविधान संशोधन गर्न लागिएको बताएका छन् ।

धनगढीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री लेखकले संविधान दश वर्षमा समीक्षा र मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको दस्तावेज भएकाले यसको संशोधन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पारे। 

उनले भने, ‘मुलुकमा रहेका सबै राजनीतिक दलबीचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ ।’

विसं २०७९ को निर्वाचन पछिको डेढ वर्षमा पटकपटक समीकरण परिवर्तन भई देखिएको राजनीतिक अस्थिरतासँगै जनतामा छाएको निराशालाई समाधान गर्न कांग्रेस–एमालेको स्थिर समीकरण बनाएर स्थिर सरकार गठन गरिएको गृहमन्त्री लेखकले बताए। देशमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि ठूला दलको समीकरण बनेको उल्लेख गर्दै उनले यो समीकरणको पूर्णपालना हुने प्रतिवद्धता व्यक्त गरे। 

नयाँ समीकरण र नयाँ सरकार बनेपछि जनतामा आशा देखिएको बताउँदै गृहमन्त्री लेखकले भने, ‘नयाँ सरकार बनेको ३० दिनमा १८ वर्षदेखि थातिरहेको ‘टिआरसी’ विधेयक पारित गर्न सफल भएका छौँ । यो विधेयक पारित हुँदा अन्तर्राष्ट्रिय क्षेत्रबाट समर्थन प्राप्त भएको छ ।’

गृहमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह प्रदेशमा आएका मन्त्री लेखक तीन दिनदेखि कञ्चनपुर र कैलालीका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?