रौतहट। रौतहट स्थित सशस्त्र प्रहरीले ६ महिनाको अवधिमा हुन्डीको ३३ लाख भन्दा बढी रुपैयाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बंकुलको टोलीले पछिल्लो पटक गत असार ६ गते भारतबाट आउने मानिसहरूको चेकजाँच गर्ने क्रममा बंकुल छेउबाट स्रोत नखुलेको १४ लाख ८० हजार नगदसहित हुन्डी कारोबारमा संलग्न एक जना भारतीय नागरिक लाई पक्राउ गरेको थियो । मोटरसाईकलको सीट मुनि लुकाएर उक्त रकम ल्याएका भारत बिहार मोतीहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तर्गत भारतीय हुन्डी कारीवारीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एस्पी विक्रम हुमागाईँले बताएका छन्। गत माघ ५ गते ५ लाख ९४ हजार सहित एक जना मानिसलाई मोटरसाइकल सहित सशस्त्र प्रहरीले पक्राउ गरेको थियो। २०८० पुस २० गते ५ लाख ११ हजार, ८७५ रुपैयाँसहित दुई मानिस एकथान मोटरसाइकल, सोही दिन भारतीय रुपैयाँ ५ लाख अर्थात नेपाली ८ लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ गरेका थिए । माघ महिना देखि असारको दोस्रो सातासम्म सशस्त्र प्रहरीले रौतहटको विभिन्न ठाउँबाट कुल ३३ लाख ८५ हजार,८७५ रुपैयाँसहित ५ जना हुन्डी कारोबारमा संलग्न मानिसलाई पक्राउका साथै उनीहरूको ३ थान मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच