इन्द्रदह मेलामामा स्नान गर्नेको घुइँचो

इन्द्रदह मेलामामा स्नान गर्नेको घुइँचो

अर्थ चौतारी

इन्द्रदह मेलामामा स्नान गर्नेको घुइँचो

A A- A+

काठमान्डौ। हरेक वर्ष भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजन भोलिपल्ट (आज) बिहानै इन्द्रदहमा स्नान गर्न व्यस्त छन् ।

चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्छ।

यस स्थलमा बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ।

सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलोमा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको सुक्ति अहिलेपनि सुन्न पाइन्छ । समुद्री सतहबाट करीब २४ सय मिटरको उचाइमा अवस्थित उक्त डाँडालाई ‘स्वर्ग स्वपान’ अर्थात् स्वर्ग जाने भर्याङका रुपमा वर्णन गरिएको छ ।

मेला व्यवस्थापनमा नगर प्रहरी, नेपाल प्रहरी, विभिन्न संघसंस्थाका सदस्यहरु, जनप्रतिनिधिहरु तथा स्थानीयबासीहरु खटिएका छन् ।

इन्द्रजात्रा को दिन बेलुका त्या बत्ती बाल्ने जाग्राम बस्ने र आज दिनभरी उका ठाउँमा मेला लाग्ने गर्दछ कलंकी बाट अन्दाजी ९/१० किलोमीटरको दूरीमा उक्त स्थान पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?