काठमाडौं– ओरियण्टल होटल्स लिमिटेडले बोनस दिने भएको छ ।
कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् ५ करोड ६४ लाख ४ हजार ५२२ रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय गरेको छ ।
उक्त शेयरको कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.२६३१६ प्रतिशत अर्थात् २९ लाख ६८ हजार ६५९ रुपैयाँ नगद बोनस दिने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३८ रुपैयाँ रहेको छ । कम्पनीले उक्त बोनस असोज २० गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल, ललितपुरमा बस्ने वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गर्ने छ
कम्पनीले बोनस दिनको लागि असोज ७ गते बुक क्लोको मिति समेत तोको छ । सो दिन भन्दा अगाडिसम्म कायम शेयर धनीले उक्त बोनस पाउने कम्पनीका प्रबन्ध सञ्चालक अनिलदास श्रेष्ठले जानकारी दिएका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच