काठमाडौं- कलाकार बनाएर युरोपेली देशहरूमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंखर ‘इकु’ पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।युरोपेलीसहितका देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा कलाकार भिषामा पठाइदिने भन्दै उनले पैसा उठाएको खुलेको छ।उनले युरोपेलीदेशसहित क्यानाडा र अष्ट्रेलियामा लैजाने भनेर पहाडी र विकट जिल्लाका युवाहरूलाई प्रलोभनमा पार्ने गरेको खुलेको छ।गतिलो काममा आम्दानी पनि राम्रो हुने लोफ देखाएर उनले लाखौँ रुपैयाँ ठगी गरेको सीआईबीका एक अधिकारीले बताए ।इकु कम्पनी एसएमएस फिल्मस प्रालिकान नाममा ग्लोबल आईएमई बैंकमा १५ देखि २० लाख रुपैयाँ जम्मा गर्न लगाएको खुलेको छ ।कलाकार भिषामा विदेश पठाइदिने बहानामा उनले नक्कली भिसदेखि नक्कली बैंक स्टेटमेन्टसहितका कागजात बनाउने गरेको पनि भेटिएको छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच