आफूले राजीनामा दिएको प्रसंग सुनाउँदै उपसभामुखलाई राजीनामा दिन गोकुल बाँस्कोटाको सुझाव

आफूले राजीनामा दिएको प्रसंग सुनाउँदै उपसभामुखलाई राजीनामा दिन गोकुल बाँस्कोटाको सुझाव

अर्थ चौतारी

आफूले राजीनामा दिएको प्रसंग सुनाउँदै उपसभामुखलाई राजीनामा दिन गोकुल ...

A A- A+

काठमाडौं, २५ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रश्न उठेपछि आफूले पनि मन्त्री पदबाट राजीनामा दिएको स्मरण गराउँदै तत्काल राजीनामा दिन उपसभामुख इन्दिरा रानालाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने क्रममा सांसद बाँस्कोटाले यस्तो बताएका हुन् ।

उनले राजनीतिमा नैतिकता, आँट र साहस हुनुपर्ने भन्दै उपसभामुखलाई राजीनामा दिन भनेका हुन् । उनले भने,‘त्यसैले मेरो भन्नु के छ भने जब यत्रो प्रश्न उठ्यो भने उहाँले आफ्नो पदबाट मार्गप्रशस्त गरे के बिग्रिन्छ ? यत्ति गरे सबैलाई एकमुष्ट जवाफ भएन र ? बाँकी कुरा त कानूनले वा छानबिन भयो भने त्यसले गर्ला ? त्यति गर्नको निम्ति मेरो सुझाव छ । जवाफदेहिता चाहिन्छ भनेर जवाफ माग्ने कुरा लोकतन्त्रको हत्या हुँदैन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?