विश्वप्रकाशले संसदमा भने–‘बालेनले न्यूरोडमा गर्न लागेको काम ठिक छ, काम गर्न देउ’

विश्वप्रकाशले संसदमा भने–‘बालेनले न्यूरोडमा गर्न लागेको काम ठिक छ, काम गर्न देउ’

अर्थ चौतारी

विश्वप्रकाशले संसदमा भने–‘बालेनले न्यूरोडमा गर्न लागेको काम ठिक छ, ...

A A- A+

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई काम गर्न दिन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले सङ्घ सरकार स्थानीय सरकारसँग संवेदनशील हुनुपर्ने बताए । सांसद शर्माले भने–‘सङ्घ सरकार र स्थानीय तहबिचको द्वन्द्वमा सबैभन्दा बढी संवेदनशील सङ्घ सरकार हुनुपर्दछ । न्यूरोडमा सर्वसाधारणको सुविधाका लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए । बालेनलाई त्यहाँ काम गर्न दिइनुपर्छ । कुनैपनि प्रकारको हस्तक्षेप गर्ने तरिकाबाट सङ्घ सरकार फिर्ता हुनुपर्छ ।’सांसद शर्मासँग एमाले अध्यक्ष केपी ओलीले पौठेजोरी खेलेको भन्दै त्यो स्वभनीय नभएको बताए । त्यही तहमा रहेका पार्टीका नेता वा आफ्ना उपप्रमुख मार्फत भन्न लगाउँदा हुने कुरामा आफैँ जोरी खोज्न अघि बढ्नुले शोभा नदिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?