कोशीमा बाढीको चाप उच्च, ५६ वटै ढोका खोलिए,

कोशीमा बाढीको चाप उच्च, ५६ वटै ढोका खोलिए,

अर्थ चौतारी

कोशीमा बाढीको चाप उच्च, ५६ वटै ढोका खोलिए,

A A- A+

धरान (सुनसरी) । पूर्वी पहाडी भेगमा निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेर बाढीकाे चाप उच्च देखिएको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी स्थानीय प्रशासनले  कोसी ब्यारेजमा सबै ५६ वटा ढोका खोलेको छ ।

प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन् ।

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोशी ब्यारेजमा जोखिमको सङ्केत दिन रातो बत्ती बालिएको छभने राता झण्डा फहराइएका छन् ।

सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?