कोपा अमेरिका फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

कोपा अमेरिका फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

अर्थ चौतारी

कोपा अमेरिका फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

A A- A+

काठमाडौं – कोपा अमेरिको फाइनल भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै छन्।
अमेरिकाकको मियामीस्थित हार्ड रक स्टेडियमबाहिरको टिकटबिना आएका दर्शकले सम्हालिनसक्नु भएपछि फाइनल खेलको समय एक घण्टा पाँच मिनेट धकेलिएको थियो।ढिला गरी सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको हो।अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि १५ पटक उचालिसकेको छ। अर्जेन्टिना साविक विजेता हो भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। पहिलो पटक फाइनल खेलेको कोलम्बिया उपाधि हात पार्ने लक्ष्यका साथ मैदानमा छ।कोलम्बियाले अन्तिम पटक सन् २०२२ मा भएको विश्वकप २०२२ को छनोटमा अर्जेन्टिनासँग १-० ले पराजित भएको थियो। त्यसयताका २८ खेल सबै जितेको छ।अपराजित कोलम्बियासँग कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँगै भेट हुनुलाई एउटा रोचक संयोगका रुपमा व्याख्या गरिएको छ।अर्जेन्टिनाका फरवार्ड डि मारिया सुखद् नतिजासहित फुटबलबाट सन्यासको तयारीमा छन्। कप्तान मेसी उपाधि उचाल्दै सहकर्मी मारियाको बिदाइ गर्ने रणनीतिका साथ मैदानमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?