बालोन डी’ओर अवार्डको सूचीमा मेसी र रोनाल्डो परेनन्

बालोन डी’ओर अवार्डको सूचीमा मेसी र रोनाल्डो परेनन्

अर्थ चौतारी

बालोन डी’ओर अवार्डको सूचीमा मेसी र रोनाल्डो परेनन्

A A- A+

काठमाडौं । सन् २०२४ बालोन डी’ओर अवार्डको मनोनयन सूचीमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो परेका छैनन् । अवार्डका लागि ३० खेलाडी मनोनयनमा पर्दा मेसी र रोनाल्डो उक्त सूचीमा नअटाएका हुन् ।

मेसी आठ पटकको बालोन डी’ओर अवार्डका विजेता हुन् । रोनाल्डोले पाँचपटक यो अवार्ड जितेका छन् ।

सन् २००३ पछि ३९ वर्षीय रोनाल्डो वा ३७ वर्षीय मेसी दुवै सूचीमा नपरेको पहिलोपटक हो ।

केलिएन एमबाप्पे, ह्यारी केन, टोनी क्रुस, जुड बेलिङघम, रुबेन डियाज, फिल फोडेन, फेडेरिको भलभर्डे, एमिलियानो मार्टिनेज, एर्लिङ हालान्ड, निको विलियम्स, ग्रान्ट जाका, अर्टेम डोभबिक, भिनिसियस जुनियर, डानी ओल्मो ३० जनाको मनोनयनमा परेका छन् ।

फ्लोरिन विट्ज, मार्टिन ओडेगार्ड, माट्स हुमेल्स, रोड्री, डेक्लान राइस, भितिन्हा, कोल पाल्मर, डानी कार्भाजल, लामिन यामल, बुकायो साका, हाकन चाल्हानोग्लु, विलियम सालिवा, लाउटारो मार्टिनेज, एन्टोनियो रुडिगर, अलेजान्द्रद्य ग्रिमाल्डो र एडेमोला लुकमन ३० जनाको मनोनयनकाे सूचीमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?